News

सभामुखको चिन्ताः नेपालमा खरानी समेत आयात हुन्छ भन्दा अचम्ममा छु

सभामुखको चिन्ताः नेपालमा खरानी समेत आयात हुन्छ भन्दा अचम्ममा छु

सभामुख अग्निप्रसाद सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खरानी समेत आयात हुने गरेको सुन्दा अचम्ममा परेको भन्दै चिन्ता ब्यक्त गरे।

पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन हुने नेपालजस्तो उर्वर भूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको पनि उनले वताए । ‘२ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’– उनले भने।

‘जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैँ अचम्मित छु’– सापकोटाले भने। नेपालमा गुन्द्रुकसम्म आयात हुने गरेको उनले बताए ।

उनले अर्को प्रसंगमा बोल्दै युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका थिए। उनले काठमाडौं र धरानबाट युवाको आवाज बुलन्द हुन थालेको बताए।

‘युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा’ उनले भने–‘यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ।’

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए । 

विशेष