News राजनीति

केको खिचडी पाक्दैछ एमाले र माओवादीमा ?, यस कारण प्रचण्डलाई भेटे्न गए भुसाल

केको खिचडी पाक्दैछ एमाले र माओवादीमा ?, यस कारण प्रचण्डलाई भेटे्न गए भुसाल

नेकपालाई पुनर्जिवन दिने आवाज उठाईरहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र समाजवादी केन्द्र बनाउने तयारी गरिरहेका बामदेव गौतम एवम् र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमवार सिंहदरवारमा भेटघाट भएको छ।

एमाले नेता भुसालले त्यसअघि माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग भेटघाट गरेका थिए । वस्नेतसँगको भेट सकिएपछि भुसाल पनि गौतम र दाहालको छलफलमा मिसिएका हुन। दाहाल र गौतमको छलफल समाजवादी केन्द्र बनाउनेबारेमा नै केन्द्रित थियो।

केही सातादेखि निरन्तर छलफलमा रहेका उनीहरू साउनभित्रै केन्द्र बनाइसक्ने तयारीमा छन् । यो केन्द्रमा माओवादी केन्द्र र गौतमका अलावा बाबुराम भट्टराई, एकीकृत समाजवादी पनि सहभागी हुने तयारी छ।

समाजावादी केन्द्रले एउटै चुनाव चिह्न र घोषणापत्र  लिएर चुनावमा जाने तयारी गरेको छ । एकिकृत समाजवादीका नेता झलनाथ खनाल समाजवादी केन्द्र बनाउँदा एमालेका लागि पनि बाटो खुला राख्नुपर्ने पक्षमा छन् ।

खनालसँग निरन्तर सम्पर्कमा रहेका भुसाल सिंहदरबारमा दाहल र गौतमको छलफलमा सहभागि हुनुलाई समान्य रुपमा वुझ्न नहुने कतिपय नेताहरु वताउँछन् । यसअघि शक्ति वस्नेतसँग भएको भेट भने एमाले–माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच ‘लुज संयन्त्र’ बनाउने विषय हुन सक्ने आँकलन गरिएको छ। 

तर, माओवादी नेता वस्नेतले भने यो कुरा अस्विकार गरेका छन् । उनले आजको भेटलाई नियमित भेटघाटको रुपमा प्रस्ट्याउने प्रयास गरे।

समाजवादी केन्द्र

विशेष