News

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु, ६५ वर्षिया वृद्धा घाईते

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु, ६५ वर्षिया वृद्धा घाईते

अछाममा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका–२, भुलुमा गए राति पहिरोले अमर विष्टको घर पुरिदा उनीहरुको मृत्यु भएको हो।

पहिरोमा पुरिएर करिब ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षका वीरेन्द्र विष्ट र १५ वर्षका संविधान विष्टको मृत्यु भएको हो। ६५ वर्षीया नैना विष्ट गम्भीर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीका अनुसार पहिरोले घर पुरिएर मृत्यु हुुनेहरु सवै एकै परिवारका हुन। गए राति १ वजे घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको थियो। 

पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले अछामका सिडिओ विश्वराज मरासिनी र डिएसपी डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए।
 

विशेष