News

श्रीमतीको हत्या गरी  ३ तला माथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु

श्रीमतीको हत्या गरी  ३ तला माथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु

चितवनमा श्रीमतीको हत्या गरेर तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१० रमाइलोचोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्यलाई खुकुरी प्रहार गरेका थिए । त्यस लगत्तै उनी स्वयम ३ तलामाथिबाट हामफालेको जनाईएको छ।

शनिबार राति करिब साढे १० वजे श्रीमतीलाई खुकुरीले हानेपछि उनी घरबाट हामफालेका थिए । गम्भीर घाइते रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो। राति पौने ११ वजे उनको मृत्यु भएको थियो।

तीन तलामाथिबाट सडकतिर हाम फालेका कृष्णको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो। उनको पनि राति करिब ११ बजेतिर अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रुष्मा राष्ट्रिय मावि तोरीखेतमा पढाउँथिन् भने कृष्ण भने लामो समय कतार बसेर एक महिना अघि मात्रै घर फर्केका थिए। उनीहरूका १२ वर्षीया छोरी छन्। घर फर्केपछि श्रीमतीसँग विवाद वढेपछि उनीहरु सम्बन्ध विच्छेद गर्ने प्रकृयामा थिए । 

शनिबार घटना हुँदा घरमा छोरी मात्रै थिइन्। प्रहरीले श्रीमतीको हत्यापछि भाग्ने क्रममा खसेको हो कि आत्महत्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ।

श्रीमतीको हत्या

विशेष