News

दोलखामा वाढिपहिरोको वितण्डा, विजुली र यातायात अवरुद्ध

दोलखामा वाढिपहिरोको वितण्डा, विजुली र यातायात अवरुद्ध

दोलखामा वाढि र पहिरोमा परी ४ पसलसहित १५ घरमा क्षती भएको छ। तामाकोसी गाउँपालिका–४ मालुखोला बजारमा आईतवार राती आएको वाढी र पहिरोले मालुखोला बजारका ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पु-याएको प्रहरीले जनाएको छ ।

घर क्षति भएका परिवारलाई सुरक्षित स्थानमा लागिएको प्रहरीले जनाएको छ । वाढीले ११ केभीको विद्युत् प्रसारण लाइनमा समेत क्षति गरेपछि तामाकोसी, मेलुङलगायत क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ ।

यस्तै बाढीले क्षति पु¥याएपछि पुष्पलाल राजमार्गको मालुखोला क्षेत्रमा यातायात अवरुद्ध बनेको छ । तामाकोसी गाउँपालिका–७ हावामा बाढी पसेर गंगाबहादुर सुनुवारको घर र व्यावसायिक फर्ममा क्षति गरेको छ भने आइतबार रातिकै वर्षाले शैलुङ गाउँपालिका–८ मा पहिरोले क्षति गरेपछि ३० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई व्यवस्थापन गर्ने काम भैरहेको वडाध्यक्ष धनबहादुर तामाङले बताए । बिगु गाउँपालिका–४ सिंगटी बजार नजिकै ढुङ्गा खस्न सक्ने सम्भावना देखिएपछि २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

भीमेश्वर नगरपालिका–२ डाक्थलीमा पहिरोले विस्थापित एक परिवारलाई तत्कालका लागि विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख गंगाप्रसाद पौडेलले बताए । 
 

विशेष