News राजनीति

नयाँ पार्टीमा बाबुरामको नयाँ प्रयोगः श्रीमतीसहित तीन जना अध्यक्ष बनाउँदै

नयाँ पार्टीमा बाबुरामको नयाँ प्रयोगः श्रीमतीसहित तीन जना अध्यक्ष बनाउँदै

जनता समाजवादी पार्टी (जसपा) बाट निकालिएका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ दल गठनका लागि कृयाशिल छन। नयाँ पार्टीको नाम टुङ्गो लागेको छैन। तर, दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी पार्टी’ राखेर संगठन वनाउने तयारी भईरहेको जनाईएको छ।

सो नाम निर्वाचन आयोगमा समेत  पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ । 

गत फागुनमा नै निर्वाचन आयोगमा दर्ता भएको ‘समावेशी लोकतान्त्रिक पार्टी’ को नाम परिवर्तन गराएर नेपाल समाजवादी पार्टी बनाउन लागिएको एक नेताले जानकारी दिए। पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ। माओवादी केन्द्रबाट अलग भएर डा. बाबुरामले ०७४ को निर्वाचनमा नयाँ शक्ति पार्टीबाट आँखा चुनाव चिन्ह लिएर गोरखाबाट चुनाव लडेका थिए। त्यही आँखा चिन्ह लिएर बाबुरामकै ग्रिन सिग्नलमा निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक दीपक लामिछानेका नाममा दर्ता भएको थियो। 

अहिले सोही दलको नाम र विधान परिवर्तन गरेर डा. भट्टराईको अध्यक्षतामा ‘नेपाल समाजवादी पार्टी’ दर्ता गर्नेगरी तयारी थालिएको हो।

पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताएका छन् ।

डा.बाबुराम भट्टराईले कार्यकारी भूमिकामा नरहने भनिसकेकाले अध्यक्ष को बन्ने भन्ने विषय पनि अहिले छलफलकै विषय छ। भट्टराईले आफू कार्यकारी अध्यक्षमा नबस्ने संघीय परिषद् वा त्यस्तै कुनै पद सृजना गरेर अभिभावकको भूमिकामा रहने बताएपछि पार्टीमा अध्यक्षको खोजी सुरु भएको हो । 

अध्यक्षको नाम टुङ्गो नलागेकैले कार्यसमिति बनाउन ढिलो भइरहेको छ । भट्टराईले नयाँ पार्टीमा तीनजना अध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । खस आर्य, जनजाति र मधेसीबाट एक एक जना अध्यक्ष राख्ने प्रस्ताव उनको छ । मधेसीबाट महेन्द्र राय यादव वा राजकिशोर यादवमध्ये एक जना, जनजातिबाट हिसिला यमि वा गङ्गा श्रेष्ठमध्येबाट एक जना अध्यक्ष रहने छलफल भएपनि खस आर्यको बारेमा टुङ्गो लागेको छैन।
 

बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी

विशेष