महान्यायाधिवक्ता कार्यालयका उपसचिवले किन कुटे ड्राईभर ?
![महान्यायाधिवक्ता कार्यालयका उपसचिवले किन कुटे ड्राईभर ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/samsad-sachibalaya.jpg)
महान्यायाधिवक्ताको कार्यालयका एक जना उपसचिवले संसद सचिवालयमा कार्यरत गाडी चालकलाई कुटपिट गरेका छन् ।
उपसचिव बुद्धि श्रेष्ठले गाडी चालक हरिराम रुपाखेतीलाई कुटेका हुन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रुपाखेतीमाथि कुटपिट गरेको जनाईएको छ।
चालक रुपाखेतीले भने ‘कहाबाट चड्नु भो थाहा भएन । सिंहदरबार गेट आइपुगेपछि म चढ्ने बेलामा किन अगाडि बढाएको भन्दै निहु खोजेर बढी हुन्छ्स् भन्दै कुट्नु भो । कुट्न थालेपछि अरुले गैहाल्नुस भनेर उहाँलाई भगाइदिए ।’
आफू कुटिएको प्रहरीले पनि देखेको तर केही नगरेको उनले बताए । संसद सचिवालयका सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले चालकले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा समस्या भएको बताए ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सचिवालयका चालकलाई महान्यायाधिवक्ताको कार्यालयका उपसचिव श्रेष्ठले थप्पड हानेको उल्लेख गर्दै कानुनी प्रक्रियामा जाने तयारी गरिएको बताए ।
बस चढ्न रोक्दा ठाउँमा रोकेनन् भनेर त्यही गाडीमा चढेर आएर झर्ने बेला ड्राइभरलाई थप्पड हानेर हिँडेको उनले वताए ।
संसद सचिवालयमा १० वर्षदेखि कार्यरत रुपाखेतीले उपसचिव श्रेष्ठले आफूलाई धम्की दिएको भन्दै गाडी चलाउन छोडेका छन् ।