नेपालमा चीनियाँ नागरिकको अपराधको श्रृंखला, तिनकुनेको कल सेन्टरमा छापा
![नेपालमा चीनियाँ नागरिकको अपराधको श्रृंखला, तिनकुनेको कल सेन्टरमा छापा](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/butwal.jpg)
नेपालमा वसेर चिनीयाँ नागरिकले अपराधिक कृयाकलापका श्रृंखला नै चलाउन थालेका छन् । विशेषगरी कल सेन्टरका नाममा साईवर अपराध गर्ने चिनीयाँ नागरिकहरु भटाभट पक्राउ परिरहेका छन् ।
आईतवार पनि प्रहरीले तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले त्यहाँ छापा मारहेको हो। एउटा घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बोहोराले बताए ।
उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका रहेको एसएसपी भरत बोहोराले बताए । आईतवार प्रहरीले वुटवलमा पनि चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारहेको थियो भने ०७६ पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र चीनका प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त अपरेशन भनिने गरिएको छ ।