News विदेश

भ्रष्टाचार आरोपमा सोनियाँमाथि सोधपुछ, राहुल गान्धी पक्राउ

भ्रष्टाचार आरोपमा सोनियाँमाथि सोधपुछ, राहुल गान्धी पक्राउ

भारतीय कांग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विजय चौकमा धर्नामा वसेका राहुललाई प्रहरीले नियन्त्रणमा लिएर एउटा बासमा हालेर लगेको छ। पक्राउ पर्नेमा कांग्रेस नेता मल्लिकार्जुन खर्गे, केसी वेणुगोपाल, शक्तिसिंह गोहिललगायतका नेताहरू पनि छन् ।

प्रहरीले राहुललाई सम्झाउने प्रयास गरेपनि उनले नमानेपछि पक्राउ गरिएको जनाईएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ ।

एक महिला अधिकारीसहित ३ जना अधिकारीले सोनियासँग सोधपुछ गरिरहेका छन। त्यसको विरोध गर्दै राहुलसहित भारतीय कांग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पक्राउ पर्नु पूर्व राहुलले भारत हाल सैन्य नियन्त्रणमा भएको राष्ट्रको जस्तै रूपमा देखा परेको र नरेन्द्र मोदीले राजा जस्तो एकलौटी ढगंमा शासन गरिरहेको आरोप लगाएका थिए । कांग्रेसले यसलाई राजनीतिक प्रतिशोधको रुपमा प्रचार गरिरहेको छ। 

राहुलको गिरफ्तारीलाई भारतीय कांग्रेसले आवाज दबाउने दुष्प्रयासको रूपमा व्याख्या गरेको छ ।

राहुल गान्धी

विशेष