News स्वास्थ्य

कोरोनासँगै काठमाडौंका बालबालिकामा एडिनो भाइरसको संक्रमण

कोरोनासँगै काठमाडौंका बालबालिकामा एडिनो भाइरसको संक्रमण

कोरोना संक्रमणको ग्राफ उकालो चढ्दै गर्दा काठमाडौं उपत्यकामा बालबालिकामा नयाँ भाइरसको संक्रमण देखिएको छ। महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालका अनुसार बालबालिकामा एडिनो भाइरसको संक्रमण देखिएको छ।

बालबालिकामा कडा ज्वरो संक्रमण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा नमुना परीक्षण गर्दा १३ नमुनामध्ये १० जनामा एडिनो भाइरसको संक्रमण देखिएको छ। तीन वटामा भने इन्फ्लुएन्जा भाइरस देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले जानकारी दिए ।

यो भाइरसले जो कोहीलाई पनि संक्रमण गर्न सक्ने र व्यक्ति–व्यक्तिको सम्पर्क तथा श्वासप्रश्वासकोे माद्यमबाट फैलिने गरेको छ। यो भाइरस बच्चाहरूमा छिट्टै फैलिने भएकोले विद्यालय जाने उमेर समूहका बालबालिकालाई वढिजसो एडिनो भाइरसको संक्रमण देखिएको छ।

अस्पतालको तथ्यांक अनुसार ओपीडीमा दैनिक ९०० भन्दा बढी र आकस्मिक कक्षमा ३०० सयको हाराहारीमा बिरामी आउने गरेका छन् । चिकित्सकहरुका अनुसार अस्पतालमा ओपीडी सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशतमा भाइरल ज्वरो देखिएको छ ।

अस्पतालका अनुसार बालबालिका एडिनो भाइरसको सम्पर्कमा आएपछि दुई हप्तासम्म लक्षण देखिन सक्छ । यो भाईरसले मल्टिस्टिम असर गर्ने चिकित्सकहरु वताउँछन् । बालबालिकाको आँखा पाक्ने, कडा ज्वरो आउने, घाँटी दुख्ने, शरीर विभिन्न भागहरु दुख्ने, कसैलाई निमोनिया गराउने, स–सना बालबालिकालाई जण्डिस समेत गराउने हुन्छ ।

अधिकांश बालबालिकालाई निको हुन ७ दिनभन्दा बढी लाग्छ । ज्वरो १०३ वा १०४ डिग्री आइराखे एन्टिबायोटिक औषधि चलाउनुपरेको उनीहरुले वताए ।

यस्तो लक्षण देखिए, पानी खुवाउन, ज्वरो आए कपडा खोलिदिन, पानीपट्टी लगाउन, झोलिलो पदार्थ खुवाउन डा. चापागाईंको सुझाव छ । 
 

कान्ति बाल अस्पताल एडिनो भाइरस

विशेष