News

१ लाख सुपारी दिएर दाजुभाउजुले नै गराए भाईवुहारीको हत्या

१ लाख सुपारी दिएर दाजुभाउजुले नै गराए भाईवुहारीको हत्या

बाँकेमा दाजुभाउजुले नै सुपारी दिएर भाईवुहारीको हत्या गराएको पाईएको छ। कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा भएको कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जलीको विभत्स हत्यामा मृतकका दाइ विजयकुमार र उनकी श्रीमती रेखाको संलग्नता देखिएको छ ।

२५ वर्षीय कृष्णकुमार र उनकी श्रीमती अञ्जली मंगलवार विहान आफ्नै घरमा मृत फेला परेका थिए । करिव १ वर्ष अघि मात्रै विवाह भएका दुवैको हत्या भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा विजयकुमारलाई नियन्त्रणमा परेका थिए।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार विजयले नै सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको जानकारी दिए । वुहारी अञ्जलीसँगको रिसइवीका कारण उनले दम्पत्तिकै हत्या गराएको प्रहरीले जनाएको छ।

बाबुआमाले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको तथा केही महिनाअघि अन्जलीले भाइ र बुबालाई उकासेर कुटपिट गराएको रिस फेर्न उनले दुई साता अघि वुहारीको हत्या गर्न सुपारी दिएका थिए। दुबै दाजुभाइको ससुराली भारतमै रहेकाले उतैबाट मानिसहरू बोलाएर हत्या गर्न लगाएको पाईएको छ।

सुरुमा अञ्जलीको मात्र हत्या गर्ने योजना भएपनि त्यस क्रममा कृष्णकुमार पनि आएपछि उनको पनि हत्या गरेको पाईएको छ।

हत्या गर्न भारतबाट २ जनालाई वोलाईएको र हरेकलाई ५०÷५० हजार रुपैयाँ दिईएको खुलेको छ। प्रहरीका अनुसार विजय र रेखा माथिल्लो तलामा बस्थे। बुवाआमा घरमा नभएको मौका छोपी दाजुले आफ्नो घरको भिडिओ समेत खिचेर हत्यारालाई जानकारी दिएको खुलेको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान लगभग खुलिसकेको भए पनि उनीहरूलाई पक्राउ गरेपछि मात्रै सार्वजनिक गर्ने तयारी प्रहरीको छ।
 

विशेष