प्रेस युनियनको उपाध्यक्षमा जनकपुरका पत्रकार अनिल कर्ण निर्वाचित
हेटौडामा सम्पन्न नेपाल प्रेस युनियनको ९औं महाधिवेशनबाट जनकपुरका पत्रकार अनिलकुमार कर्ण मधेश प्रदेशका तर्फबाट केन्द्रीय उपाधयक्षमा निर्वाचित भएका छन् ।
आईतवार अवेर गरी सार्वजनिक भएको मत परिणाम अनुसार उनले ६४८ मत पाए भने उनका निकटतम प्रतिदन्द्धी सर्लाहीका पत्रकार रोशनकुमार न्यौपानेले ६२३ मत प्राप्त गरेका छन् ।
अध्यक्षमा भने संस्थापन इतर समुहका शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले ७४५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत र अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा, महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, वागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी निर्वाचित भए।
महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी, समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भए।
खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस÷आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् ।