News अपराध सुरक्षा

बलात्कारको भिडियो बनाएर ब्ल्याकमेल गर्दै फेरी बलात्कार

बलात्कारको भिडियो बनाएर ब्ल्याकमेल गर्दै फेरी बलात्कार

सुनसरीकी १९ वर्षिया किशोरीलाई बलात्कार गरेर त्यसको भिडियो बनाई लगायतार यौन शोसण गर्दै आएका कराँटेका दुई जना प्रशिक्षक पक्राउ परेका छन्। उनीहरु नेकपा एमाले निकट संगठनका सचिव र केन्द्रीय सदस्य समेत हुन।

प्रहरीका अनुसार किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका कराँते प्रशिक्षक ५० वर्षिय बिनोद राउत र उनका साथी वर्षिय सुरज सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु महानगरपालिका– ३ का वासिन्दा भएको प्रहरीले जनाएको छ।

राउत एमालेनिकट खेलकुद महासंघका सचिव र सुवेदी केन्द्रीय सदस्य हुन। यसैगरी, राउत कराँते मोरङका सहायक प्रशिक्षक र मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन। 

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार पीडितको जाहेरीका आधारमा शनिबार उनीहरुलाई विराटनगरबाटै पक्राउ गरिएको हो। उनीहरुले युवतीलाई होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोप लागेको छ।

सुरुका दिनमा बलात्कार गरेको भिडियो देखाएर उनीहरुले ती किशोरीलाई ब्ल्याक मेल गर्दै निरन्तर बलात्कार गर्दै आएका थिए । यो आरोप पीडितको जाहेरीमा उल्लेख छ। उनीहरुले पटक–पटक बलात्कार गरेको उल्लेख गर्दै किशोरीले जाहेरी दिएकी प्रहरीले जनाएको छ। 
 

विशेष