जनार्दन प्रकरणः समितिले फुटेजमा मान्छे चिनेन, रिपोर्ट पनि बुझेन
प्रहरीको विधि विज्ञान प्रयोगशालाले उपलब्ध गराएको फरेन्सिक ल्याबको रिपोर्ट छानविन समितिले स्पष्ट वुझन सकेको छैन भने फुटेजमा पनि मान्छे नचिनिएपछि अन्यौल सुरु भएको छ।
मंगलबार बसेको समितिको बैठकमा फरेन्सिक ल्याबको रिपोर्ट खोलेर देखाइएको थियो। तर, त्यस बारे स्पष्ट हुन नसकेपछि संसदीय छानबिन विशेष समितिले विज्ञ राखेर परामर्श गर्ने जनाएको छ।
‘खोल्न नजानेर हो वा हेर्न नजानेर हो, केही देखिएन। विज्ञसहित साँझ ४ बजे फेरि हेर्छौ’– एक सदस्यले भने।
प्रहरीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर समितिलाई बुझाएको छ । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो । ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि फुटेजमा मान्छेहरु आउ–जाउ गरेको जस्तो देखिए पनि स्पष्ट नचिनिएको एक सदस्यले जानकारी दिए ।
समितिको अर्को बैठक आजै अपराह्न ४ बजे फेरि बस्ने छ । सोही बैठकमा विज्ञहरुलाई बोलाएर ती भिडियो क्लिपबारे जानकारी लिएर स्पष्ट हुने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
भिडियो क्लिपबारे आ–आफ्ना राजनीतिक दलका शीर्ष तहका नेताहरुसँग पनि परामर्श गर्ने समितिका सदस्यहरुबीच अनौपचारिक सहमति भएको छ । समितिले यस विषयमासमाचार लेख्ने पत्रकारसँग पनि थप सहयोग मागेको छ । अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले आफूहरूसँग अर्थमन्त्रालयमा घुसपैठको प्रमाण रहेको बताइरहेका छन् । तर, समितिलाई उपलब्ध गराउन चाहेका छैनन् । उनीहरुसँग समितिले सहयोग मागेको हो।
समितिले आज बैठक बस्ने र भोलि रिपोर्ट लेख्ने तयारी गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेपछि त्यसबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले असार राजीनामा दिएका थिए ।
समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई काम सुरु गरेको मितिदेखि १० दिनको म्याद दिइएको थियो । तर सो समय अवधिमा काम पूरा गर्न नसकेपछि यही साउन ५ गते पुनः ७ दिनको म्याद थपिएको थियो ।
यो पनि,
- जनार्दन प्रकरणः प्रहरीले रिकभर गर्यो डिलिट भएको अर्थमन्त्रालय सीसीटीभी फुटेज
- जनार्दन प्रकरणः प्रहरीले समितिलाई वुझायो सीसीटीभी फुटेजको रिपोर्ट
- जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज
- जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ?
- डिलिट भएको अर्थमन्त्रालयको भिडियो ‘रिकभर’ हुने यस्तो सम्भावना
- जनार्दनले दिए वयान, क्लु फेला नपरेपछि समिति नै अप्ठ्यारोमा
- छानबिन समितिले बयानका लागि बोलाउँदा गएनन् जनार्दन शर्मा
- संसदिय छानविन समितिले जनार्दन शर्मासँग छलफल गर्ने, सम्पादकलाई पनि बोलायो
- संसदिय छानविन समितिले फेला पारेन अर्थ मन्त्रालयको फुटेज
- झुक्याउने प्रयास असफल भएपछि अर्थमन्त्रालयले भन्यो– फुटेज छैन
- अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा