News

टिकटक बनाउने क्रममा तालमा खसेर एक जना बेपत्ता

टिकटक बनाउने क्रममा तालमा खसेर एक जना बेपत्ता

सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर तालमा खसेका एक ब्यक्ति वेपत्ता भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका –६ का ३७ वर्षीय बेद बहादुर बस्नेत कुपिण्डे तालमा खसेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काका अनुसार उनी मंगलबार दिउँसो साथीसहित तालको किनारमा पुगेका थिए । टिकटक बनाइरहेका बेला अचानक चिप्लिएर वस्नेत तालमा खसेको खड्काले बताए।

वस्नेतको अवस्था अज्ञात छ। प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको जनाईएको छ।
 

टिकटक कुपिण्डे ताल

विशेष