News

सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिटः समितिलाई हात लाग्यो सून्य

सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिटः समितिलाई हात लाग्यो सून्य

पूर्वअर्थमन्त्री जनार्दन शर्मा माथिको आरोप छानबिन गर्न गठित संसदिय छानविन विशेष समितिलाई असलता नै असफलता हात लागिरहेको छ। अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलिट भएको जानकारीपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको समितिलाई त्यसमा पनि असफलता नै हात लागेको छ।

गृहमन्त्रालयले समितिलाई पत्र पठाएर सीसीटीभी फुटेज डिलिट भएको जानकारी दिएका छ। गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने भनी पत्र पठाएको छ । थप प्रमाण जुटाउन समितिले जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको थियो।

समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिपोर्ट भने सोमवार प्राप्त भएको छ। प्रहरीले रिकभर भिडियोसहितको रिपोर्ट वुझाएको हो। तर, उक्त फुटेजमा मन्त्रालय छिरेको मान्छे भने नचिनिएको एक सदस्यले वताए । समितिले त्यो विषयमा फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्दैछ ।

रिकभर फुटेजमा प्रष्ट नभएपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज केही सघाउने अपेक्षा समितिले राखेको थियो । तर, गृहले १६ दिनभन्दा धेरै गेटको फुटेज नरहने भनेर जवाफ पठाएको हो ।

यसभन्दा पहिले पनि अर्थमन्त्रालयले आफ्नो मन्त्रालयमा सीसीटीभी फुटेज १३ दिनभन्दा धेरै नरहने बताएको थियो । सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७५ ले भने सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ । गृहले तयार पारेको कार्यविधि अनुसार अति सुरक्षित र सम्बेधनशिल मानिएको सिंहदरबारमा पनि कतै १३ दिन त कतै १६ दिन मात्रै सीसीटीभी फुटेज रहने गरेको छ ।

यो पनि,

सिंहदरबार

विशेष