News

एसईई परीक्षार्थीको नतिजा सार्वजनिक

एसईई परीक्षार्थीको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ। कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए। त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।

एसईईको नतिजा Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर थाहा पाउन सकिन्छ ।

विशेष