News

कंगोमा नेपाली सेना रहेको क्याम्प क्षेत्रमा आक्रमण, तीन सैनिकको मृत्यु

कंगोमा नेपाली सेना रहेको क्याम्प क्षेत्रमा आक्रमण, तीन सैनिकको मृत्यु

कंगोमा नेपाली सेना सहभागि शान्ति सेनाको क्याम्प रहेको क्षेत्रमा आक्रमण भएको छ। संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरू समुहले शान्ति सेनाका दुई वटा क्याम्पमा आक्रमण गरेका हुन। 

हिंसात्मक प्रदर्शनसहितको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु भएको छ भने एक दर्जनभन्दा वढि प्रदर्शनकारी मारिएको जनाईएको छ। कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा मंगलबार भएको आक्रमणमा मृत्यु हुने दुई जना भारतीयसहित छन् । त्यहाँ रहेका नेपाली सैनिक भने सुरक्षित रहेको जनाईएको छ।

संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत डीआर कंगो (मोन्युस्को) मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयबासीले विभिन्न माग राख्दै सैनिक टोलीविरुद्ध विरुद्ध प्रदर्शन गरेका छन।

नेपाली सेनाको जंगी अड्डाले दिएको जानकारी अनुसार त्यहाँ रहेका नेपाली सैनिक नियमित सम्पर्कमा छन् । त्यहाँको घटनालाई नजिकबाट नियालिरहेको र उनीहरु सुरक्षित रहेको सेनाका प्रवक्ता नारायण सिलवालले बताए। कंगोमा नेपाली सेनाको एउटा द्रूत प्रतिकार्य टोली, एउटा इन्जिनियरिङ इकाइ र एउटा गण तैनाथ छन्।

हाल राष्ट्रसंघमार्फत विभिन्न देशबाट पुगेका ११ सय बढी शान्ति सैनिक कंगोमा तैनाथ छन्। सेनाले हिंसा भड्किएको स्थानबाट पर्यवेक्षक र स्टाफ अधिकारीहरूलाई उद्धार गरिएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दुःख व्यक्त गरेका छन्।

उनले लेखेका छन्– ‘आक्रमणबाट दुई जना भारतीय सैनिकको मृत्यु भएको समाचारप्रति निकै दुःखी छु। आक्रमणकारीलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ।’

राष्ट्रसंघले शान्ति सैनिकमाथिको आक्रमणलाई युद्ध अपराध भनेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन– ‘शान्ति सेना माथिको आक्रमण युद्ध अपराध हो।’

कंगो नेपाली सेना सेनाको क्याम्पमा आक्रमण

विशेष