बजेटमा चलखेल गरेर फरार भए रघुनाथ, दुवई पुगेको आशंका
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको मिलेमतोमा अनाधिकृत रुपमा अर्थमन्त्रालयमा प्रवेश गरी आव ०७९/८० को बजेट छेडछाड गरेको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे भागेर दुवई पुगेको आशंका गरिएको छ।
शर्माले घिमिरेलाई कर विज्ञ भन्दै अर्थमन्त्रालयमा छिराएको समाचार सार्वजनिक भएको थियो। त्यो समाचार सार्वजनिक भएपछि घिमिरेलाई नेपाली कांग्रेसका नेता एवम् ब्यापारी विनोद चौधरीका कर्मचारीका रुपमा कतिपय सञ्चार माद्यमले परिचय गराए ।
मन्त्रालयका सचिवसहितको विज्ञ टिमले तयार पारेको बजेटमा हस्तक्षेप गरेर घिमिरेले करका दरहरु हेरफेर गरेको दावी समाचारमा गरिएको थियो। स्रोतका अनुसार अर्थमन्त्रालयभित्र भएको अवैध क्रियाकलापमाथि छानविन गर्न संसदीय समितिको गठन भएसँगै उनी सम्पर्कविहीन भएका हुन् ।
संसदीय छानविन समितिले उनको वयान लिने वताएपनि बयान लिने विषयमा भने खासै चासो पनि दिएन। उनी सम्पर्कमा नरहेको सुचना पाएपछि समितिले खोजिनीति नगरेको श्रोतको दावी छ। हालसम्मकै सवैभन्दा ठुलो आर्थिक अपराध भनिएको विषयमा पनि आरोपितको वयान किन लिईएन भन्ने अहिले चर्चाको विषय छ।
यदि उनी विदेशमै भए पनि इन्टरपोलमार्फत पक्राउ गरेर ल्याउन सकिने विकल्प हुँदाहुँदै समितिले बेवास्ता गरेको कतिपयले आरोप लगाएका छन् । समितिको यही वेवास्ताको फाईदा उठाएर घिमिरे भागेको अनुमान गरिएको छ। उनी भारत वा दुबइ पुगेको अनुमान गरिएको छ ।
नेपाल सरकारका पुर्वनासु घिमिेर अर्घाखाँचीका बासिन्दा हुन। ०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समिति अन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रैणी) का रुपमा सरकारी सेवामा प्रवेश गरेका घिमिरेले ०७५ साल फागुन १ गते अर्थ मन्त्रालयको जागिर छोडेका थिए । जागिर अवधिमा उनी अर्थ मन्त्रालय अन्तर्गतका आन्तरिक राजस्व, भन्सार, राजस्व अनुसन्धान लगायतका निकायमा काम गरेका थिए । उनी राजस्वको कर्मचारी भएपछि ठूला करदाता कार्यालयमा धेरै समय बिताए । यही क्रममा ठूला व्यापारसँग हिमचिम बढाएको बताइन्छ ।
जागिर छोडेपछि उनले चौधरी ग्रुपको नियुक्ति लिएको समाचारहरुमा जनाइएको छ । तर, चौधरी ग्रुप श्रोतले भने उनले कर्मचारीको रुपमा भन्दा पनि एजेन्टका रुपमा मात्रै काम गरेको जनाएको छ।
राजश्व अनुसन्धान विभागमा दिर्घराज मैनाली महानिर्देशक भएका बेलामा घिमिरेसहित करिब आधा दर्जन कर्मचारीले जागीर छाडेका थिए ।
यो पनि,
- जनार्दन प्रकरणः थप छानविन गर्न किन तयार भएनन् एमाले सांसद ?
- सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिटः समितिलाई हात लाग्यो सून्य
- जनार्दन प्रकरणः समितिले फुटेजमा मान्छे चिनेन, रिपोर्ट पनि बुझेन
- जनार्दन प्रकरणः प्रहरीले रिकभर गर्यो डिलिट भएको अर्थमन्त्रालय सीसीटीभी फुटेज
- जनार्दन प्रकरणः प्रहरीले समितिलाई वुझायो सीसीटीभी फुटेजको रिपोर्ट
- जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज
- जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ?
- डिलिट भएको अर्थमन्त्रालयको भिडियो ‘रिकभर’ हुने यस्तो सम्भावना
- जनार्दनले दिए वयान, क्लु फेला नपरेपछि समिति नै अप्ठ्यारोमा
- छानबिन समितिले बयानका लागि बोलाउँदा गएनन् जनार्दन शर्मा
- संसदिय छानविन समितिले जनार्दन शर्मासँग छलफल गर्ने, सम्पादकलाई पनि बोलायो
- संसदिय छानविन समितिले फेला पारेन अर्थ मन्त्रालयको फुटेज
- झुक्याउने प्रयास असफल भएपछि अर्थमन्त्रालयले भन्यो– फुटेज छैन
- अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा