News

मन्त्रीको कर्तुतः नक्कली प्रमाण पत्र वनाएर नन्दलाई सरकारी नियुक्ति

मन्त्रीको कर्तुतः नक्कली प्रमाण पत्र वनाएर नन्दलाई सरकारी नियुक्ति

पदमा पुगेपछि आफु र आफन्तलाई मात्रै हेर्ने नेताको प्रवृत्तिलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले पनि निरन्तरता दिएकी छिन् । उनले प्रक्रिया मिचेर आफ्नै नन्दलाई साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा नियुक्त गरेकी छिन् ।

नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर श्रेष्ठले नियुक्ति दिलाएकी हुन् । पोखरेल दुई वर्ष अघि मात्र सरकारी सेवाबाट अवकास पाएकी हुन्। उनलाई सरकारी नियुक्ति  दिलाउन मन्त्री श्रेष्ठले अनुभव पत्र समेत नक्कली वनाएको आरोप लागेको छ।

श्रोतका अनुसार मन्त्री श्रेष्ठले आफनै सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट ‘नक्कली’ अनुभवपत्र बनाउन लगाएर पोखरेललाई नियुक्ती दिएकी हुन। उनको यो कार्यको आलोचना भईरहेको छ।

मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका भनिएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी विकास बोर्डको सदस्यमा नियुक्ति गरेकी थिईन। त्यो विषय सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । 

ललितपुर महानगरपालिका १३, कुसुन्तीका ५३ वर्षीय तिमल्सिनाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधवप्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट किर्ते गरी ०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास बोर्डमा पेस गरेको पाइएको थियो।
 

शशी श्रेष्ठ

विशेष