News

मेयर बालेन्द्र साह विरुद्ध बानेश्वरमा नाराबाजी र प्रदर्शन

मेयर बालेन्द्र साह विरुद्ध बानेश्वरमा नाराबाजी र प्रदर्शन

काठमाण्डौंका मेयर बालेन्द्र साह विरुद्ध वुधवार नयाँ बानेश्वरमा नाराजुलुस र प्रदर्शन भएको छ। सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यापारीहरूले मेयर साह विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

नगर प्रहरीले साँझपख अचानक व्यापारीका सामान उठाउन थालेपछि उनीहरूले भेला भएर नाराबाजी गरेका हुन् । बानेश्वर चोकदेखि थापा गाउँ जाने बाटोबीचमा पर्ने छक्कु बक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरूले नाराबाजी गर्दै प्रदर्शन गरे।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारीहरू आन्दोलित बनेका हुन् । यसअघि असारको दोश्रो साता पनि नगर प्रहरीले मकै वेच्ने ब्यापारीको सामान जफत गरेपछि विरोध भएको थियो।

महाराजगञ्जमा मकै बेच्दै गरेका चेतेन्द्र आचार्य र सीता आचार्यलाई नगर प्रहरीले लछारपछार गरेको थियो। नगर प्रहरीमाथि अगुल्टाले हानेको र घुस मागेको आरोप लगाएको भन्दै महानगर प्रहरीले उनीहरुलाई उल्टै कारबाही गर्ने तयारी गरेको थियो।
 

बालेन्द्र साह

विशेष