News

दाउन्नेमा बस पल्टिएर भयंकर आगलागी, ३१ जना घाइते, ६ जना गम्भिर

दाउन्नेमा बस पल्टिएर भयंकर आगलागी, ३१ जना घाइते, ६ जना गम्भिर

नवलपरासी पूर्वको दाउन्नेमा यात्रु बस वुधवार विहान साढे ५ वजे पल्टिएर भयंकर आगलागी छ। घट्नामा ३१ जना यात्रु घाइते भएका छन् ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भएर सडक छेउँमा पल्टिएको थियो। बस पल्टिएपछि भयंकर आगलागि भएको र आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरीका डिएसपी सन्तोष पाठकले बताए।

गम्भिर घाईते ६ जनालाई नै उपचारका लागि चितवनको भरतपुर पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३१ जना सवार थिए । उनीहरु अधिकांश घाईते छन्।

घाइते भएकाहरु अधिकांश कञ्चनपुर र कैलाली जिल्लाका छन् । 

विशेष