News

शेखरको दावीः 'वाम गठवन्धन' कांग्रेससँग वार्गेनिङ गर्ने माओवादी अस्त्र

शेखरको दावीः 'वाम गठवन्धन' कांग्रेससँग वार्गेनिङ गर्ने माओवादी अस्त्र

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले वाम गठवन्धनको कुरा कांग्रेससँग बार्गेनिङ गर्न माओवादीले चलाएको अस्त्र भएको वताएका छन्। नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो वताएका हुन।

सत्ता गठबन्धनका पाँच दल मध्ये कांग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेका बेला नेता कोइरालाले भने– ‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज पार्टी हो ।’

नेता कोईरालाले संघ र प्रदेशको निर्वाचनमा सिट बाँडफाट गर्दा माओवादी केन्द्रले भनेअनुसार नहुने पनि वताए । उनले भने, ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’ गिरीजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।

संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले बताए । तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी हुनुपर्ने कोइरालाको भनाई छ। तालमेलका लागि उनले तीन शर्त राखे । पहिलो, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्युनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको शर्त छ ।
 

शेखर कोइराला

विशेष