के जुम्ल्याहा वच्चाकी आमा वन्दैछिन् आलियिा भट्ट ?
बलिउडकी नायिका आलिया भट्टले जुम्ल्याहा वच्चा जन्माउन लागेको विषय अहिले कतिपय भारतीय संचार माद्यममा समाचार वनिरहेको छ। आलिया गर्भवती रहेको र उनका श्रीमान रणविर कपुरले जुम्ल्याहा सन्तानका विषयमा चर्चा गरेपछि यो विषय चर्चामा आएको हो।
रणबीर कपुर र आलिया भट्टले यसै वर्ष अप्रिलमा विवाह गरेका थिए । अघिल्लो महिना मात्रै आलियाले आफ्नो गर्भावस्थाबारे जानकारी दिएकी थिइन् । उनले आफ्नो सन्तानका लागि निकै उत्साहित भएको बताएकी छिन् भने उनको गर्भावस्थाबारे धेरैको चासो पनि छ । यही विचमाम रणबीरले आलियाले जुम्ल्याहा सन्तान जन्माउने वताएका थिए ।
एक अन्तरवार्तामा रणबीर कपुरलाई आफ्ना बारे साँचो र झुटो कुरा भन्न लगाइएको थियो । त्यसपछि अरु नै कुराको बीचमा रणबीरले आलियाको जुम्ल्याहा सन्तान हुनसक्ने बताएका थिए । तर, उनले ठट्टा गरेको र यसलाई विवाद नबनाइदिन अपिल पनि गरेका थिए । तर, यहि विषय संचार माद्यममा समाचार वन्यो।
आलियाले भने आफूले जुम्ल्याहा बच्चा नजन्माउने बताएकी छिन् । ‘रणबीर कुनै रिलमाथि मजाक गरिरहेका थिए’ उनले भनेका छन्–‘हाम्रो देशमा अरु कुनै ठूला खबर छैनन् कि यो ठट्टा पनि समाचार बन्यो । मानिसहरुले मेरो र रणबीरको खुसी र स्वास्थ्यका लागि प्रार्थना गर्नुपर्छ । मलाई पनि यो कुरा पछि मात्रै थाहा भयो ।’