News विदेश

कंग्रेस सांसदले राष्ट्रपतिलाई ‘राष्ट्रपत्नी’ भनेपछि संसदमा हंगामा

कंग्रेस सांसदले राष्ट्रपतिलाई ‘राष्ट्रपत्नी’ भनेपछि संसदमा हंगामा

नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेपछि भारतको संसदमा हंगामा भएको छ। सांसदले होहल्ला गरेपछि संसद बैठक नै स्थगित भएको छ ।

भारतको पश्चिम बंगालका कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपतिलाई ‘राष्ट्रपत्नि’ भनेपछि सत्तारुढ भारतीय जनता पार्टी विजेपीका सांसदहरुले विरोध गरेका छन् । विजेपीका सांसदहरुले संसदमा कांग्रेसले माफी माग्नु पर्ने बताएका छन् ।

संघीय मन्त्री स्मृति इरानीले कांग्रेसले मुर्मूप्रति घृणा र उपहास गर्ने गरेको आरोप लगाइन् । राष्ट्रपतिको उम्मेदवारका रुपमा दौपदी मुर्मूको नाम घोषित भएदेखि नै उनी कांग्रेसको घृणा र उपहासको शिकार भएको उनको भनाई छ।

कांग्रेसले मुर्मुलाई कठपुतली भनेको भन्दै उनले रोस प्रकट गरिन। एक जना आदिवासी महिला देशको सर्वोच्च संवैधानिक पदमा पुगेको कांग्रेसले स्वीकार्न नसकेको उनको आरोप छ ।

तर, चौधरीले भने जिब्रो चिप्लिएर राष्ट्रपत्नी शब्द उच्चारण भएको भन्दै सफाइ दिएका थिए । ‘दुई दिन अघि जब हामी विजय चोकतिर जाँदै थियौं, हामीले कहाँ जाँदै हुनुहुन्छ भनेर सोधियो, मैले राष्ट्रपति भवन जान चाहेको र राष्ट्रपतिलाई भेट्न चाहेको बताउन खोजेको थिएँ, तर गल्तीले मुखबाट राष्ट्रपत्नी शब्द निस्कियो ।’

सत्ताधारी दलले तीललाई पहाड बनाएको चौधरीको आरोप छ । 
 

विशेष