News राजनीति

निर्वाचन आयोगको स्पष्टिकरण पत्र प्रचण्डले वुझेनन्, हुलाकबाट पठाईयो

निर्वाचन आयोगको स्पष्टिकरण पत्र प्रचण्डले वुझेनन्, हुलाकबाट पठाईयो

जोसमा होस गुमाएर जथाभावी वोल्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहिलेकाही विवादमा पर्छन। बोलिकै कारण उनी एक पटक फेरी फन्दामा परेका छन् ।

आचरण विपरितको अभिब्यक्ति दिएको आरोपमा उनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। उनलाई हुलाक मार्फत स्पष्टिकरण सोधिएको छ। अध्यक्ष दाहालले एक सार्वजनिक कार्यक्रममा ‘सांसद बन्न करोडौं रुपैयाँ खर्च हुने’ अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टिकरण सोधेको हो।

आयोगले सोधेको स्पष्टिकरणको पत्र उनको सचिवालयले बुझ्न नमानेपछि हुलाकमार्फत पठाइएको आयोगका एक अधिकारीले बताए। गत सोमबार एक कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणालीका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर्क गरेका थिए। सांसद बन्न नै करोडौं खर्च हुने भन्दै उनले मन्त्री भएर त्यसको लगानी उठाउने प्रवृत्ति बढेको बताएका थिए। 

‘करोडौं खर्च गरेर किन सांसद हुन्छन् भने सांसद नभई मन्त्री हुन पाउँदैनन्। सांसद नभई प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्नुपर्यो’ उनले भनेका थिए–‘सांसद भइसकेपछि मन्त्री हुन अनेक खेल खेल्नुपर्यो। मन्त्री भइसकेपछि लगानी उठाउनुपर्यो। भ्रष्टाचार यही प्रणालीभित्र छ।’

अध्यक्ष दाहालले गाउँपालिकाको अध्यक्ष जित्नकै लागि १० करोडसम्म खर्च हुने गरेको आफुलाई जानकारी आएको दावी गरेका थिए । प्रदेश र केन्द्रको निर्वाचनमा अर्ब खर्च हुने संकेत देखिएको बताएका दाहाललाई सोही विषयमा आयोगले स्पष्टिकरण सोधेको हो। 

गत चैतमा निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालालाई पनि चुनावी खर्चसम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण सोधेको थियो। कोइरालाले एक कार्यक्रममा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेर निर्वाचन जितेको अभिव्यक्ति दिएका थिए। 
 

पुष्पकमल दाहाल

विशेष