News राजनीति

जसपा छोडेका भट्टराईको नयाँ पार्टी नेसपा

जसपा छोडेका भट्टराईको नयाँ पार्टी नेसपा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले कारवाही गरेपछि पार्टीबाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्ने भएको छ ।

निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । जसपामा विवाद चर्किन थालेपछि दीपक लामिछानको अध्यक्षतामा फागुन ५ गते निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो ।

सोही पार्टीको नाम नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरिएको जनाईएको छ। आँखा चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

लामिछानेले आयोगमा नाम, झन्डा, छाप परिवर्तन, विधान संशोधनका लागि निवेदन दिएका थिए । यादवसँग मतभिन्नता बढेपछि असारको अन्तिम साता भट्टराईले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाएका थिए । सो बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

त्यसको एक दिनपछि यादवको अध्यक्षतामा पर्साको वीरगन्जमा भएको केन्द्रीय कार्यसमितिको बैठकले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेको थियो । 
 

बाबुराम भट्टराई

विशेष