विवादित नागरिक्ता विधेयक राष्ट्रिय सभाबाट पनि पारित

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा प्रस्तुत भएको विवादित नागरिक्ता विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको हो।
विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित भएको घोषणा गरे। त्यसैगरी बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक, २०७९ पनि पारित गरेको छ।
राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ।
यो पनि,
- नागरिकता विधेयकमा यस्ता छन विवादित ५ विषय
- नागरिक्ता विधेयकको जस लिन मधेश झरे प्रचण्ड
- नागरिकता विधेयक पारित, यस्ता भए परिवर्तन
- नागरिकतासम्बन्धी विधेयक सरकारले फिर्ता लियो