News

कांग्रेसकै नेता भन्न थाले– देशमा सुशासन छैन भन्दा पनि हुन्छ

कांग्रेसकै नेता भन्न थाले– देशमा सुशासन छैन भन्दा पनि हुन्छ

सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसकै नेताहरु देशमा सुशासन नरहेको बताउन थालेका छन् । बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै कांग्रेस नेता डा. शेखर कोइरालाले देशमा सुशासन नभएको दावी गरे।

देशलाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिनु पर्ने बताएका कोईरालाले अहिलेका राजनीतिकर्मीहरुले दायित्व विर्सदा जनताले दुःख पाएको दावी गरे। राजनीतिककमीहरु जनताबाट धेरै टाढा भइसकेको उनले बताए । 

कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए । ‘यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहींको रहँदैनौं । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ,’ उनले भने, ‘श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशान छँदै छैन भनेपनि हुन्छ ।’
 

शेखर कोइराला

विशेष