बजेट प्रकरणः जनार्दनलाई क्लिन चिट, कर्मचारीलाई कारवाही सिफारिस
ब्यापारी पोस्न करका दर हेरफेर गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानविन गर्न गठित संसदिय विशेष समितिले प्रतिवेदन लेखनको काम अन्तिम पारेको छ। शुक्रवार सभामुख कृष्णवहादुर महरालाई वुझाउने गरी प्रतिवेदन तयारी भईरहेको जनाईउको छ।
प्रतिवेदनमा मन्त्री शर्माले गलत गरेको यथेष्ट प्रमाण नभेटिएको भन्दै छानविनमा असहयोग गरेको आरोपमा कर्मचारीलाई कारवाहीको सिफारिस गर्ने गरी तयार भएको एक सदस्यले जानकारी दिए । शर्मालाई ‘क्लिन चिट’ दिने गरी प्रतिवेदन तयार भएको उनले वताए ।
कुनै प्रमाण फेला नपरेको भन्दै अपुष्ट प्रतिवेदन लेख्ने तयारी भएपछि नेकपा एमालेका सांसदहरुले असहमती जनाएका थिए । तर, बजेट निर्माणमा संलग्न कर्मचारीलाई कारबाही सिफारिस गर्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ’क्लिन चिट’ दिने गरी प्रतिवेदन तयार गर्ने कुरा आएपछि उनीहरु पनि सहमत भएको जनाईएको छ।
‘नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट पठाइएको सीसीटीभी फुटेज पनि प्रष्ट नभएका कारण कुनै पनि प्रमाण फेला परेन। करका दर हेरफेरमा बिचौलिया सहभागी भएको भन्ने कुरा प्रमाणित हुने देखिएन। शर्मामाथि कारबाही सिफारिस गर्ने गरी प्रमाण प्राप्त भएको छैन’ श्रोतले भन्यो–‘तर, छानविनका क्रममा मन्त्रालयका कर्मचारीले नै असहयोग गरे। त्यही अनुसार प्रतिवेदन लेखनको काम भइरहेको छ।’
स्रोतका अनुसार अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसहितका कर्मचारीले असहयोग गरेको आरोप प्रतिवेदनमा उल्लेख हुने छ।
‘प्रहरीले बुझाएको फुटेजमा एउटा सवारी साधान अर्थ मन्त्रालयको प्रांगणमा देखिएपनि उक्त दृष्य प्रष्ट छैन। बजेट निर्माणमा संलग्न कुनै पनि कर्मचारीको प्रष्ट जवाफ दिएनन्’ श्रोत भन्छ–‘सबै कर्मचारीको एउटै जवाफ छ–अनाधिकृत व्यक्तिको संलग्नता छैन। त्यसैले कर्मचारीले अनुसन्धानमा असहयोग गरेको निष्कर्ष सहित प्रतिवेदन तयारी अगाडि बढाएको छ।’
यो पनि,
- बजेटमा चलखेल गरेर फरार भए रघुनाथ, दुवई पुगेको आशंका
- जनार्दन प्रकरणः थप छानविन गर्न किन तयार भएनन् एमाले सांसद ?
- सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिटः समितिलाई हात लाग्यो सून्य
- जनार्दन प्रकरणः समितिले फुटेजमा मान्छे चिनेन, रिपोर्ट पनि बुझेन
- जनार्दन प्रकरणः प्रहरीले रिकभर गर्यो डिलिट भएको अर्थमन्त्रालय सीसीटीभी फुटेज
- जनार्दन प्रकरणः प्रहरीले समितिलाई वुझायो सीसीटीभी फुटेजको रिपोर्ट
- जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज
- जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ?
- डिलिट भएको अर्थमन्त्रालयको भिडियो ‘रिकभर’ हुने यस्तो सम्भावना
- जनार्दनले दिए वयान, क्लु फेला नपरेपछि समिति नै अप्ठ्यारोमा
- छानबिन समितिले बयानका लागि बोलाउँदा गएनन् जनार्दन शर्मा
- संसदिय छानविन समितिले जनार्दन शर्मासँग छलफल गर्ने, सम्पादकलाई पनि बोलायो
- संसदिय छानविन समितिले फेला पारेन अर्थ मन्त्रालयको फुटेज
- झुक्याउने प्रयास असफल भएपछि अर्थमन्त्रालयले भन्यो– फुटेज छैन
- अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा