News

महानगरकै पैसाले बन्ने भयो यम वुद्धको नाममा पार्क, बालेन्द्रले छुट्याए डेढ करोड

महानगरकै पैसाले बन्ने भयो यम वुद्धको नाममा पार्क, बालेन्द्रले छुट्याए डेढ करोड

ब्यापक आलोचना पछि आफनै तलवबाट -यापर यम वुद्धको शालिक बनाउने घोषणा गरेका काठमाण्डौका मेयर बालेन्द्र साहले अन्ततः यमवुद्धको नाममा पार्क निर्माण गर्ने र त्यसका लागि महानगरकै पैसा खर्च गर्ने भएका छन् ।

महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले बताए।

महानगरले यसअघि -यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । त्यसको विरोध भएपछि बालेन्द्रले आफनै तलबबाट शालिक वनाउने फेसवुक मार्फत जानकारी गराएका थिए ।

स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन मिल्ने कानुनी व्यवस्था नै नभएकाले त्यसको पनि आलोचना भएको थियो। त्यसपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको छ ।

प्रवक्ता मानन्धरले विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताए । महानगरभित्रको सार्वजनिक जग्गा संरक्षणको दायित्व महानगरकै भएकोले त्यहाँ पार्क बन्ने उनले वताए ।

सालिक बनाउने निर्णयको जनस्तरबाट विरोध भएपछि पार्क बनाउने निर्णय भएको जनाईएको छ। पार्कमा यम बुद्धको सालिक भने रहने छैन। यसको पनि विरोध भयो भने निर्णय सच्याउने मानन्धरले वताए । 

बालेन्द्र साह यम वुद्ध

विशेष