News

जंगली च्याउ खाँदा रसुवामा ११ जना विरामी, ४ जनाको अवस्था गम्भिर

जंगली च्याउ खाँदा रसुवामा ११ जना विरामी, ४ जनाको अवस्था गम्भिर

रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी भएका छन्। च्याउ खाएर विरामी हुनेहरु उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रका छन्। उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि त्रिशुली अस्पताल रिफर गरिएको छ।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार उनीहरुले रातो च्याउ खाएको पाईएको छ। च्याउ खाएर विरामी परेकाहरुलाई उपचारका लागि बुधबार अस्पताल ल्याईएको थियो।

केही विरामी लम्जुङका पनि रहेको तर उनीहरुको वारेमा विस्तृत विवरण नखुलेको अस्पतालले जनाएको छ। 
 

जङ्गली च्याउ

विशेष