अनलाइन जुवा खेलाउने चीनियाँ नागरिकसहित ४ जना पक्राउ
![अनलाइन जुवा खेलाउने चीनियाँ नागरिकसहित ४ जना पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/juwa.jpg)
विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाएको आरोपमा ठमेलबाट प्रहरीले चीनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने चिनियाँ नागरिक ४८ वर्षीय सु सुजी र अन्य नेपाली छन् । यसैगरी, प्रहरीले ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेल सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।
अनलाईन ग्याम्बलिङ भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।