News

रबि लामिछाने विरुद्ध पत्रकार खेम भण्डारीको उम्मेदवारी घोषणा

रबि लामिछाने विरुद्ध पत्रकार खेम भण्डारीको उम्मेदवारी घोषणा

कञ्चनपुरका पत्रकार खेम भण्डारीले पूर्व पत्रकार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् । बुधबार फेसबुकमा स्ट्याटस लेख्दै पत्रकार भण्डारीले रवि विरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन।

‘अन्ततः रवि लामिछानेबिरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो !’ उनले फेसवुकमा लेखेका छन्–‘नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।’ एक अवोध चेलीको बलात्कारपछी हत्या बारेमा उनले स्थलगत आउँदा एउटा र एक वर्षपछि काठमाडौंको स्टुडियोमा अर्कै बोलेको भन्दै भण्डारीले लामिछानेप्रति आरोप लगाएका छन् ।

रविले न्युज २४ टेलिभिजनमा रहँदा टेलिभिजनको दुरुपयोग गरेको पनि आरोप लगाएका छन् । निर्मला बलात्कार/हत्या प्रकरणपछि रवि लामिछाने र खेम भण्डारीको सम्बन्ध चिसिएको थियो । उनीहरु एकले अर्कालाई घटना बङ्गाउन भूमिका खेलेको बताउँदै आएका थिए ।

यसैको सिलसिला अन्तर्गत भण्डारीले रवि विरुद्ध नै चुनाव लड्ने घोषणा गरेका हुन। उनले फेसवुकमा रबि विरुद्ध ९ वटा वँदा उल्लेख गर्दै त्यसैलाई चुनावी मुद्दा वताएका छन् ।

यस्ता छन उनका मुद्दा
१.
निर्मला प्रकरणमा मैले ९ जना निर्दोस बचाएँ । र, अहिले पनि म  भिभिआईपी नै निर्मलाको बलात्कारी÷हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिस्टहरु मन्त्री (गृह)को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौं खर्च गरे छोरो बचाउन । 

२. नेपालका ठूला मिडियाका क्राइम हेर्ने पत्रकार बेचिए । उनिहरु कुहिरोमा हराएका काग जस्ता भएका छन् । 

३. नेपाल प्रहरी नेताको दास हो । अरु के भन्ने ?

४. रवि लामिछाने जस्ता कथित पत्रकार खेम भण्डारीलाई बदनाम गर्ने र ८ प्रहरीलाई उन्मुक्ती दिलाउने काममा सीमीत भए । उनीहरुले ८ प्रहरीले सफाइ पाएपछि प्रकरण नै बिर्सिए। 

५. रविले शंकास्पद ८ प्रहरीका पक्षमा मिडिया ट्रायल चलाए र तिनले उन्मुक्ति पाएपछि चुप लागे । जब कि म अहिलेसम्म निर्दोश बचाउने कोसिसमा छु ।

. रविले कहिल्यै ओली सरकारले करोडौं खर्च गरेर इस्यु डाइभर्ट गरेको कुरा गरेनन । उनले होटेल ओपेराको नाम जिब्रोबाट कहिल्यै बोलेनन । यसैबाट थाह हुन्छ उनको निर्मला प्रकरण बारेको नियत ।

७. रविले खेम भण्डारीलाई बदनाम गर्न मात्रै आफ्नो उर्जा सके । हत्याराबारे उनले कहिल्यै बहस चलाएनन । मानसिक रोगी दिलिप बिस्टलाई खेम भण्डारीको सालो स्थापित गराए तर दिलिप नै अपराधी हो भन्ने उनको दावी त्यसदिन सकियो जुन दिन अंगुर जीसी लगायतका प्रहरीले सफाइ पाए ।

८. एक अवोध चेलीको बलात्कारपछी हत्या बारेमा उनले स्थलगत आउँदा एउटा र एक वर्षपछि काठमाडौंको स्टुडियोमा अर्कै बोले । आफ्नो स्थलगत रिपोर्टको कमजोरी कहिल्यै स्वीकारेनन । 

९. मेरो दावी छ – रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन न्यूज ट्वान्टी फोरको दुरुपयोग गरे । पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो । होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने क्रिमिनल विध कहाँ छ ?

‘रवि लामिछाने जस्ता पाखण्डीलाई अब चुनाउको मैदानमैं नांगेझार गर्नुपर्छ । म आउंदैछु जुनसुकै निर्वाचन क्षेत्रमा उसले लडे पनि । एक नावालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने !’ उनले अगाडि लेखेका छन्–‘त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ । निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन ।’


 

रबि लामिछाने खेम भण्डारी

विशेष