News

घाँस काट्न गएकी महिलालाई बलात्कार गर्न खोज्ने दमाई पक्राउ

घाँस काट्न गएकी महिलालाई बलात्कार गर्न खोज्ने दमाई पक्राउ

रुपन्देहीमा घाँस काट्न गएकी १९ वर्षिया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सैनामैना सालझण्डीमा घाँस काट्न जंगलमा गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले ४८ वर्षिय निलमणि दमाईलाई पक्राउ गरेको हो।

सैनामैना नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जंगलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी १९ वर्षिया महिलाई सहयोग गर्ने बहानामा दमाईले बलात्कार गर्न खोजेका थिए । 

दाउरा काट्न गएका दमाईले सहयोग गर्ने बहनामा स्थानमासंवेदनशील अंग छुँदै बलात्कार गर्न खोजेपछि ती महिला भागेर घर पुगेकी थिईन। महिलाको जानकारीका आधारमा परिवारका सदस्यले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खवर गरेका थिए ।

प्रहरीले लुकेर वसेका दमाईलाई खोजतालस गरी पक्राउ गरेको हो । उनीमाथि करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले बताए ।

बलात्कार

विशेष