News अर्थ

१८ करोड बक्यौता नतिरी भागेको विमानलाई फेरी उडान अनुमती

१८ करोड बक्यौता नतिरी भागेको विमानलाई फेरी उडान अनुमती

१८ करोड बक्यौता नतिरी भागेको एयर एसियाको थाई एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणलेन पुन उडानको अनुमति दिएको छ। प्राधिकरणले अक्टोबरबाट लागू हुने गरी थाई एयरलाई उडान स्लट दिएको हो।

थाइ एयर एसिया एयर एसिया समूह अन्तर्गतको कम्पनी हो। एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १८ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी छ। प्राधिकरणका अनुसार तीन वर्षअघिसम्म एयर एसियाले काठमाडौं–मलेसियामा साताको सात उडान र्दै आएको थियो।

यो कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अवतरण, पार्किङ, नेभिगेसन, भाडाअन्तर्गत सेवाबापतको शुल्क नतिरेपछि सन ०१९ डिसेम्बरबाट उडान रोकियो। राम्रै आम्दानी गर्दा पनि उक्त एयरले बक्यौता रकम भने बुझाएन।

त्यो बेलादेखि नै प्राधिकरणले एयर एसियासँग लगातार पत्राचार गरी वक्यौता तिर्न तागेता गर्दै आएको छ। तर, बक्यौता तिर्ने विषयमा सकारात्मक जवाफ आएको छैन। यसरी बक्यौता नतिरी भागेको कम्पनी मातहतकै अर्को एयरलाइन्सलाई प्राधिकरणले पुनः उडान अनुमति दिएको हो।

थाइ एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डको बैंकक उडानका लागि रातको १२ः३० बजे अवतरण र १ः३० बजे उडान गर्ने गरी बुधबार अनुमति दिइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। 

कुनै कम्पनीले बक्यौता नतिर्दा त्यही कम्पनी, त्यससँग जोडिएका वा अन्य कम्पनीलाई नेपाल उडान गर्न नदिने भन्ने नियम नरहेको भन्दै प्राधिकरणले जवाफ दिएको छ।

१८ करोड बक्यौता एयर एसिया थाई एयर एसिया

विशेष