News

प्रचण्डले पनि जनार्दनलाई चोख्याएः खाएको विष पो लाग्छ...

प्रचण्डले पनि जनार्दनलाई चोख्याएः खाएको विष पो लाग्छ...

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व अर्थमन्त्री जनार्दन शर्माले गल्ति नगरेकैले निर्दोष सावित भएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्षि दल एमालेले अनावश्यक लफडा निकाले पनि उनी निर्दोश भएको उनले वताए ।

नखाएको विष नलाग्ने भन्दै दाहालले अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको दावी गरे। 

‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नी भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ’ उनले भने–‘समितिले आवश्यक पर्ने समय पनि लियो । ७ दिन समय पनि थपियो, आज समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष सावित हुनुभएको छ।’

केही प्रमाण नभेटेपछि शर्मा निर्दोष रहेको प्रमाणित भएको उनको कथन छ। ‘अर्थमन्त्री र अर्थमन्त्रालयको कुनै गल्ती भएको छैन भन्ने छानविन समितिको रिपोर्ट आएको छ’– दाहालले भने।

शर्माले ल्याएको बजेटको राम्रो प्रचार हुन थालेपछि करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर प्रचार गरिएको दाबी उनले गरे। ‘यो बजेट राम्रो छ भन्ने हुँदै थियो सबैतिर, सबैले त्यसलाई स्वागत गर्दै थिए। राती १२ बजे अनधिकृत मान्छेलाई ल्यायो, करका दरमा हेरफेर ग¥यो । अर्थमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर यतिधेरै प्रचार गरियो’– उनले थपे।
 

पुष्पकमल दाहाल जनार्दन शर्मा

विशेष