News अपराध सुरक्षा

म्यासेन्जरको अस्लिल बार्तालाप देखाएर वार्गेनिङ गर्ने दम्पत्ति यसरी परे फन्दामा

म्यासेन्जरको अस्लिल बार्तालाप देखाएर वार्गेनिङ गर्ने दम्पत्ति यसरी परे फन्दामा

म्यासेन्जरको अस्लिल बार्तालाप देखाएर ‘मुद्दा हाल्छु’ भन्दै पैसाको वार्गेनिङ गर्ने एक महिला र ‘साईवर ब्युरोको इन्स्पेक्टर हुँ’ भन्दै धम्क्याउने महिलाका पतिलाई प्रहरीले पक्राउ गरेको छ।

हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका हुन। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ बतासेकी २० वर्षीया रोजिन राउत र २४ वर्षीय शेखर बास्तोला पक्राउ परेको प्रहरीले जनाएको छ। 

हाल भक्तपुरको बालकोट बस्दै आएका उनीहरु मध्ये रोजिनाले पुरुषलाई फ्रेन्ड रिक्वेस्ट पठाउने, म्यासेजन्जरमा गफ गर्ने र केही नजिक भएको आभास भएपछि अश्लील कुरा गर्ने गरेकी थिईन। पुरुषले अश्लील कुरा गरेपछि रकम माग गर्ने र नभए सोही विषयमा ‘मुद्दा हाल्ने’ डर देखाउने गरेकी थिईन।

रोजिनाको यो योजनामा उनका पति शेखरले पनि साथ दिने गरेका थिए । आफुलाई साइबर ब्युरोको इन्स्पेक्टर भनेर चिनाउने गरेका उनले ‘रोजिनासँगको कारोबार मिलाउन’ दवाव दिने गरेका थिए । अन्यथा पक्राउ गरेर कारबाही गर्ने डर देखाएर पैसाका लागि उनले दबाब दिने गरेको प्रहरीले जनाएको छ।

दम्पत्तिको पछिल्लो शिकार एक कर्मचारी नै भएका छन् । ती कर्मचारीबा रोजिना र शेखरले सुरुमा १ लाख ६५ हजार रुपैयाँ असुलेको र पछि थप ३ लाख रुपैयाँ मागेपछि उनीहरु फन्दामा परेको प्रहरीको भनाई छ। पटक पटक रकम माग्न थालेपछि ती कर्मचारीले उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए ।

उनको उजुरीपछि प्रहरीले दुवैलाई योजनावद्ध रुपमा पक्राउ गरेको हो। उनीहरुले माग गरेअनुसारको ३ लाख रुपैयाँ लिन जाँदा बानेश्वर पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। 

हनि ट्रयाप

विशेष