News

इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै यतिको जहाज आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै यतिको जहाज आकस्मिक अवतरण

पोखराबाट उड्ने वित्तिकै इन्जिनमा समस्या देखिएपछि काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ।

नाइन एन एएनजी कलसाइन भएको जहाजमा उडेको ६ मिनेटमै बायाँ इन्जिनमा समस्या देखिएको थियो। त्यसपछि उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको छ।

‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखियो’ विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने–‘बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ।’

विमानमा ४५ जना यात्रु थिए । हाल उक्त जहाजको इन्जिन इन्जिनियरहरुले जाँच गरिरहेका छन् । 
 

यति एयरलाइन्स

विशेष