अर्थमन्त्रालयमा यसरी हुँदैछ जनार्दनको ‘कमब्याक’
ब्यापारीका खेताला अर्थमन्त्रालयमा छिराएर बजेटमा छेडछाड गराएको आरोप लागेका पूर्वमन्त्री जनार्दन शर्मालाई संसदीय छानविन समितिले ‘क्लिन चिट’ दिने तयारी गरेपछि शर्माको पद वहालीको तयारी पनि सुरु भएको छ।
संसदीय छानबिन विशेष समितिले शर्मालाई सफाई दिने गरी प्रतिवेदनको तयारी गरेसँगै उनलाई नै अर्थमन्त्रीमा पुनः नियुक्ति गर्ने तयारी सुरु भएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस विषयमा प्रस्ताव गरिसकेको र देउवा पनि सकारात्मक रहेको जनाईएको छ।
उसो त माओवादी नेताहरुले पहिले नै शर्माले सफाई पाउने आशय ब्यक्त गरिसकेका थिए । मन्त्री शर्माले राजिनामा दिनासाथ माओवादी केन्द्रका नेता वर्षामान पुनले पत्रकारहरुसँग कुराकानी गर्दै संसदीय छानबिन समितिबाट निर्दोष सावित भए शर्मा नै अर्थमन्त्रीमा फर्किने अभिव्यक्ति दिएका थिए। उनको यो अभिब्यक्ति पछि छानविन समिति जनार्दनलाई चोख्याउन मात्रै गठन भएको सर्वसाधारणले लख काटेका थिए ।
सोही आशंकालाई बल पुग्ने गरी शर्मालाई सफाई दिने र छानविनमा असहयोग गरेको भन्दै कर्मचारीलाई कारवाही सिफारिस गर्ने प्रतिवेदन तयार भएको सुचना विहिवारै चुहिएको छ। करका दरहरु हेरफेरमा व्यापारीसँग साँठगाँठ गरेको कुरा वाहिरिएपछि शर्माको राजनीतिक करिअरमा धक्का लागेको छ। त्यो आरोपलाई गलत सावित गराउन पनि शर्मा मन्त्रालय फर्किन चाहेका छन्। अर्थमन्त्रालय फर्किनुलाई उनले प्रतिष्ठाको विषय बनाएका छन्।
जनार्दनले राजिनामा दिएपछि हालका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्री हुन इच्छा देखाएका थिए। तर, जनार्दनलाई पुनर्वहाली गर्ने उदेश्यले नै कार्कीलाई अर्थमन्त्री बन्न राकिएको थियो। शर्माको गुमेको साख फर्काउन भएपनि उनलाई पुनर्ववहाली गर्नु पर्नेमा कांग्रेस र माओवादीको शिर्ष नेतृत्व एक मत छ।
जनार्दन शर्माले असार २२ गते प्रतिनिधिसभामा गएर राजीनामा दिनु अघि पनि कर्मचारीहरुलाई जम्मा गरेर अर्थमन्त्रालाई आफु नै फर्किने आशय ब्यक्त गरेका छन् । मन्त्रालयका ४ जना सहसचिवलाई सँगै राखेर उनले आफ्नो फोटो पूर्वअर्थमन्त्रीको सूचीमा नटास्न निर्देशन नै दिएका थिए।
वितगमा पटकपटक मन्त्री पदको अफर आउँदा पनि आफुले त्यसलाई वेवास्ता गरेको र यस पटकको मन्त्री पद आफ्नो प्रतिष्ठासँग जोडिएको विषय भएकाले पुनः फर्कने आशय उनले कर्मचारी समक्ष ब्यक्त गरेका थिए ।
छानविन समितिले सफाई दिने प्रतिवेदन वुझाउन साथ उनको पुनर्वाहालीको प्रकृया पनि सुरु हुने जनाईएको छ। जेठ १४ गते अनाधिकृत व्यक्ति प्रवेश गराई करका दरहरु हेरफेर गरेको समाचार प्रकाशित भएपछी पूर्वअर्थमन्त्री शर्मा विवादमा तानिएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेर संसदमा वहिस्कार गर्न थालेपछि असार २२ गते संसदले ११ सदस्यीय छानविन समिति बनाएको थियो। सोही दिन शर्माले संसदबाटै राजीनामाको घोषणा गरेका थिए। बजेट निर्माण अर्थसचिव, राजस्व सचिव र दुईजना महानिर्देशक बाहेक अन्य व्यक्तिको संलग्नता भएको र आफु राजनीतिक व्यक्ति भएकाले राजीनामा दिएर नैतिकता देखाएको उनले बताएका थिए।
जनार्दन शर्मा अर्थ मन्त्रालय फर्किने संकेत अर्थ मन्त्रालयका अधिकारीहरुले पाइसकेका छन्। शर्मा फर्किएमा अहिलेकै कर्मचारीको टिमसँग उनले केही समय काम गर्नु पर्ने छ। फर्किए लगतै शर्माले कर्मचारी परिवर्तन गर्दा गलत सन्देश जाने भएकाले सोही टिमलाई केही समय निरन्तरता दिने पक्षमा नेताहरुको सहमति पनि वनिसकेको श्रोतको दावी छ।
असार २२ गते गठन भएको छानबिन समितिले असार २८ गते काम थालेको थियो। छानबिन समितिले पूर्वसचिव र अर्थ मन्त्रालयका १७ कर्मचारीसँग बयान लिएको थियो। अन्ततः समितिले प्रमाण नपुगेको भन्दै शर्मालाई सफाई दिने प्रतिवेदन तयार पारेको जनाईएको छ। तर विचौलिया भनिएकासँगको वयान, अर्थमन्त्रालयमा देखिएको भनिएको गाडि, सुरक्षाकर्मीको वयान, कल डिटेल, सिंह दरबार गेटको सीसीटीभी फुटेज लगायतका विषयमा गर्नै पनि अनुशन्धान पनि समितिले पुरा गरेको छैन।
यो पनि,
- बजेट प्रकरणः जनार्दनलाई क्लिन चिट, कर्मचारीलाई कारवाही सिफारिस
- बजेटमा चलखेल गरेर फरार भए रघुनाथ, दुवई पुगेको आशंका
- जनार्दन प्रकरणः थप छानविन गर्न किन तयार भएनन् एमाले सांसद ?
- सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिटः समितिलाई हात लाग्यो सून्य
- जनार्दन प्रकरणः समितिले फुटेजमा मान्छे चिनेन, रिपोर्ट पनि बुझेन
- जनार्दन प्रकरणः प्रहरीले रिकभर गर्यो डिलिट भएको अर्थमन्त्रालय सीसीटीभी फुटेज
- जनार्दन प्रकरणः प्रहरीले समितिलाई वुझायो सीसीटीभी फुटेजको रिपोर्ट
- जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज
- जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ?
- डिलिट भएको अर्थमन्त्रालयको भिडियो ‘रिकभर’ हुने यस्तो सम्भावना
- जनार्दनले दिए वयान, क्लु फेला नपरेपछि समिति नै अप्ठ्यारोमा
- छानबिन समितिले बयानका लागि बोलाउँदा गएनन् जनार्दन शर्मा
- संसदिय छानविन समितिले जनार्दन शर्मासँग छलफल गर्ने, सम्पादकलाई पनि बोलायो
- संसदिय छानविन समितिले फेला पारेन अर्थ मन्त्रालयको फुटेज
- झुक्याउने प्रयास असफल भएपछि अर्थमन्त्रालयले भन्यो– फुटेज छैन
- अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा