News

पोखरापछि विराटनगरमा पनि यतिको जहाजमा समस्या

पोखरापछि विराटनगरमा पनि यतिको जहाजमा समस्या

इन्जिनमा समस्या देखिएपछि पोखराबाट उडेको ६ मिनेटमै आकस्मिक अवतरण गराईएको यति यएरलाइन्सको अर्को जहाजमा पनि समस्या देखिएको छ। बिहान साढे ७ बजे विराटनगरबाट काठमाडौं उड्न लागेको विराटनगरबाट काठमाडौं उड्न लागेको विमानमा समस्या देखिएको हो।

काठमाडौं उड्नै लाग्दा इन्डिकेसनमा समस्या देखिएपछि सवै यात्रु ओरालिएको विमानस्थलका प्रमुख उत्सव खरेलले बताए। विमानमा ६० जना यात्रु लिएर थिए । 

बिहीबार बेलुकी विराटनगर पुगेको जहाज त्यहीँ बसेको थियो। अहिले काठमाडौंबाट इन्जिनियर लगेर विमानको परीक्षण भईरहेको छ। 

यसअघि पोखराबाट काठमाण्डौं उडेको नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै अवतरण गराइएको थियो। उक्त जहाजमा ४५ जना यात्रु थिए । 

यो पनि,

इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै यतिको जहाज आकस्मिक अवतरण

यति एयरलाइन्स

विशेष