News

प्रहरी हिरासतमै महिला बलात्कृत, असई पक्राउ

प्रहरी हिरासतमै महिला बलात्कृत, असई पक्राउ

बाँकेको कोहलपुर स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वहु विवाहको मुद्दामा हिरासतमा रहेकी ति महिलालाई बिहीबार राति असई चौलागाईले बलात्कार गरेको आरोप छ। उनले शुक्रवार विहान करिव २ वजे ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै ति महिलालाई हिरासतबाट निकालेर भवनको माथिल्लो तलामा लगेका थिए ।

सोही क्रममा चौलागाईले महिलालाई बलात्कार गरेको आरोप लागेको छ। ती महिला साउन ११ गते पक्राउ परेकी थिइन् । चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा उपस्थित गराईएको र सोधपुछ भइरहेको बाँकेका डिएसपी मधुसुधन न्यौपानेले बताए ।

घटनाबारे बुझ्न बाँकेका एसपी श्यामकृष्ण अधिकारी कोहलपुर इलाका प्रहरी पुगेको जनाईएको छ। 
 

बलात्कार

विशेष