News अपराध सुरक्षा

बीमाले लग्यो ज्यानः साढे २ करोडको लोभमा श्रीमतीबाटै हत्या

बीमाले लग्यो ज्यानः साढे २ करोडको लोभमा श्रीमतीबाटै हत्या

२ करोड ५० लाख रुपैयाँ बीमा रकमको लोभमा नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । उनीहरुले विमा रकमको लोभमा सजर्नको योजनावद्ध रुपमा हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

खासमा सर्जन विकको ०७८ साल वैशाख २ गते मिनीबसको ठक्करबाट भएको थियो। सर्जन चढेको भे १० प १७२७ नम्बरको मोटरसाइकल (मोटरसाइकलधनी सरदार अहमद खा) लाई टोपबहादुर राना क्षेत्रीले चलाएको भे १ ख २४९१ नम्बरको मिनीबसले राती ११ वजे ठक्कर दिएको थियो। घाईते विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भयो।

दुर्घटनापछि वैशाख २७ गते जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो । ०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना सुनायो भने बिमा अभिकर्तासमेत रहेका मोटरसाइकलधनी सरदार अहमद खालाई सफाइ दिईयो।

त्यसको केही समयपछि नै मृतक सर्जनकी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमाको भुक्तानी लिईन। सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत प्राप्त २ करोड ५० लाख रुपैयाँ कोहलपुरस्थित कामना विकास बैंकको खातामा जम्मा गरिएको थियो।

तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले यो घटनालाई सामान्य रुपमा लिन सकेन। त्यसैले ०७८ फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो भने रिलायन्सले पनि अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्यो। 

प्रहरीले अनुशन्धान सुरु गरेपछि अझै चाख लाग्दो रहस्य फेला पार्यो। सर्जनको मृत्यु भएपछि उनकी पत्नि सपनाले उनको संस्कार समेत नगरेको तथ्य प्रहरीले जानकारी पायो। आफनै पतिको संस्कारमा सपना सहभागी नहुनुले घटना योजनाबद्ध रूपमा घटाईएको निस्कर्षमा प्रहरी पुग्यो।

अनुशन्धानका क्रममा पति पत्नि भनिएपनि मृतक सर्जन र सपनाका विचमा खासै भेटघाट भएको देखिन। ०७७ साल फागुन २८ गते विवाह दर्ताका लागि पहिलो पटक उनीहरुको भेट भएको देखियो। त्यसछि उनीहरुको भेटघाट समेत नभएको वरु सञ्जीर र सपनाबीचको भेट भने बाक्लो देखियो। 

प्रहरीका अनुसार सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा ०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सर्वनको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराई दिएका थिए । त्यसको बिमा अभिकर्ता भने खाँ भएको देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

ललिता सापकोटा (आरती) ले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको थियो। घट्नापपछि सपनासहित उनकी आमा खवि कुमारी खत्री, स्याङ्जाका सञ्जीव अर्याल, बाँकेका सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटाले पैसा बीमाको पैसा बाँडफाँड गरेको पाईएको छ।

२ करोड ५० लाख मध्ये सपनाले ८६ लाख ८९ हजार, उनकी आमा छविकुमारीले १७ लाख ४६ हजार, सञ्जीपले ८० लाख ३६ हजार र दीपकले ६० लाख लिएको पाईएको छ। त्यसपछि साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा रहेकी सपना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिआईबीको चंगुलमा परिन।

उनीहरु सवै विरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।

बीमा हत्या सर्जन बिक

विशेष