News राजनीति

भट्टराईको खुलासा– जनार्दनलाई चोख्याउन देउवादेखि प्रचण्डसम्म लागे

भट्टराईको खुलासा– जनार्दनलाई चोख्याउन देउवादेखि प्रचण्डसम्म लागे

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले नेपाल सरणार्थीहरुको शिविर बन्ने खतरा वढेको वताएका छन् । आज भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारकै गलत कृयाकलापका कारण नेपाल गम्भिर खतरामा पुग्न सक्ने चेतावनी दिए। 

सरकारले ल्याएको नागरिकता विधेयक देशका लागि खतरा भएको उनको भनाई छ। उनले विधेयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको बताए । एमालेले वैवाहिक अंगीकृतको विपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उनको भनाई थियो । 

भट्टराईले बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध एमाले अब संसद् छोडेर सडकमा उत्रिने चेतावनी दिए । एमालेले साउन १६ गते काठमाडौंमा प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिए । 

अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा दोषी ठहर भएको उनले दाबी गरे। संसदको गणितले शर्मालाई सफाइ दिएपनि तीन करोड नेपाली माझ शर्मा दोषी ठहर भइसकेको उनको भनाई छ।

छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको उनको तर्क छ। छानबिन समितिलाई उनले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिएका छन् । नेता भट्टराईले भने, ‘छानबिनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्, अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवा सम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको उनले बताए । 

योगेश भट्टराई

विशेष