News राजनीति

रविको आरोप– जनार्दन प्रकरणमा एमालेले सत्ता पक्षसँग लेनदेन गर्यो

रविको आरोप– जनार्दन प्रकरणमा एमालेले सत्ता पक्षसँग लेनदेन गर्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा नेकपा एमालेले सत्तापक्षसँग लेनदेन गरेर कुरा मिलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन।

लामिछानेले शर्मामाथिको संसदीय छानबिनमा एमालेले शर्माको कमजोरी लुकाउन सहयोग गरेको भन्दै ‘एमालेले जनार्दनको कमजोरी नखोज्ने, सत्ता पक्षले एम अधिकारी नखोज्ने’ गरी लेनदेनमा कुरा मिलाएको आरोप लगाए । 

प्रमुख प्रतिपक्षी दलकै मिलेमतोमा शर्माको कमजोरी ढाकछोप गरिएको उनको आरोप छ। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन। खोइ कहाँ छ ?’ उनले भने–‘अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ। म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’

नेकपा एमालेको अर्थ तथा योजन विभागको सदस्य रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सत्ता पक्षका सांसद र नेताहरुले राजिनामा मागेका थिए । त्यसमा नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसका नेताहरु अग्रभागमा थिए ।

पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन बसेको र सक्षापक्षले फाईदा उठाएको उनले वताए । 
 

रवि लामिछाने

विशेष