यस्तो छ नेपालले अमेरिकालाई लेखेको पत्रको आशय

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्दै नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पत्राचार गरेको बताईएपछि उक्त पत्र सार्वजनिक गर्न दवाव वढिरहेको छ। सरकारले निर्णय गरेको एक महिनासम्म पत्र नपठाउनु र पठाएपछि पनि पत्र सार्वजनिक नगर्नुले आशंकाहरु उत्पन्न भईरहेको छन् ।
सरकारले भने अमेरिकालाई पठाएको पत्रमा एसपीपी अस्विकार गर्ने तर, यो निर्णयले नेपाली र अमेरिकी सेनाबीच जारी संयुक्त अभ्यास र सहकार्यमा कुनै असर नपर्ने पनि आसय ब्यक्त गरेको पाईएको छ। एसपीपी अस्वीकार गर्न मन्त्रिपरिषद् बैठकले गत असार ६ मा निर्णय गरेको थियो। परराष्ट्र मन्त्रालयले त्यसको ठिक एक महिना तीन दिनपछि साउन ९ गते पत्र पठाएको हो ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार पत्रमा भनिएको छ– ‘एसपीपीलाई हामी स्वीकार गर्दैनौं तर नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई भने निरन्तरता दिन चाहन्छौं ।’ नेपाली र अमेरिकी सेनाबीच जारी संयुक्त अभ्यास र सहकार्यमा कुनै असर नपर्ने पनि स्पष्ट पारिएको छ । ती अधिकारीका अनुसार पत्रमा भनिएको छ–‘एसपीपी सम्बन्धमा हाम्रो सहकार्य हुँदैन तर विपद् व्यवस्थापनलगायत अन्य विषयमा नेपाललाई अमेरिकी सरकारको सहयोग चाहिन्छ र द्विपक्षीय रूपमा दुई देशका सेनाबीचको अभ्यास र सहयोग आदानप्रदान पनि जारी रहोस् भन्ने आग्रह गरेका छौं।’
नेपाल सरकारको अनुमतिमा नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिले २०१५ र २०१७ मा पत्राचार गरेपछि नेपालले सन् २०१९ मा एसपीपीको सदस्यता पाएको अमेरिकी भनाइ छ । तर, यो साझेदारीमा सहभागी नहुने भनेर नेपालले औपचारिक पत्र लेखिसकेको परराष्ट्र मन्त्री नारायण खड्काले शुक्रवार संसदमा जानकारी दिएका छन् ।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बालुवाटार प्रधानमन्त्री देउवा र सिंहदरबारमा परराष्ट्रमन्त्री खड्कासँग यसबारे चासो राखेको मन्त्रालय स्रोतले जनाएको छ । यसमा नेपाल र अमेरिका असल मित्र भए पनि भूराजनीतिक जटिलता र असंलग्न परराष्ट्र नीतिको सिद्धान्तका कारण नेपाल एसपीपीमा साझेदार हुन नसकेको जवाफ दुवै नेताले दिएको पनि स्रोतको दाबी छ ।
एसपीपी