News मनोरञ्जन

रणवीर र श्रद्धा कपुर अभिनित चलचित्र छायाङ्कन सेटमा आगलागी, एक जनाको मृत्यु

रणवीर र श्रद्धा कपुर अभिनित चलचित्र छायाङ्कन सेटमा आगलागी, एक जनाको मृत्यु

रणवीर कपुर र श्रद्धा कपुर अभिनित चलचित्र छायाङ्कन भईरहेको मुम्वई स्थित सेटमा शुक्रवार आगलागी भएको छ। आगलागीमो एक जनाको मृत्यु भएको छ। लव रञ्जनको शीर्षकविहीन फिल्मको सेटमा आगलागी हुँदा राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ ।

आगलागीमा ३३ वर्षिय मनिष देवासी घाइते भएका थिए। उनलाई तत्काल सिभिक रन कुपर अस्पताल लगिएको थियो। उपचारककै क्रममा अस्पतालले उनको मृत्युुको घोषणा गरेको थियो। उनी बत्तीको काम गरिहेका व्यक्ति थिए।

सेटमा राखिएका काठका सामानबाट आगलागी सुरु भएको थियो। यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन । भारतीय सिने कर्मचारी महासंघका महासचिव अशोक दुबेका अनुसार ‘फिल्मको सेटमा आगलागीका घटना धेरै भएका छन्। महानगरपालिकाले कुन आधारमा सेट निर्माण गर्न अनुमति दियो भन्ने कुरा बुझ्दैछौँ। सेट बनाउँदा फायर सेफ्टी नियम पालना गर्नुपर्छ।’
 

विशेष