News अपराध सुरक्षा

लोकतन्त्रको तर काढ्दै कर्मचारीः खैनी र गुट्खाको पैसा पनि पालिकाबाट भुक्तानी

लोकतन्त्रको तर काढ्दै कर्मचारीः खैनी र गुट्खाको पैसा पनि पालिकाबाट भुक्तानी

जनप्रतिनिधिका अनैतिक र सामान्य मर्यादा पनि निर्वाह नगर्दा संघीयता प्रति नै सर्वसाधारणको अविस्वास वढ्दो छ। नागरिकले जनप्रतिनिधिलाई सुधारिन पटक–पटक संकेत र आग्रह गर्दा पनि उनीहरुको ब्यवहारमा सुधार आउन सकेको छैन।

जनप्रतिनिधिहरुले जनभावना विपरितका काम गर्दा सर्वसाधारण आजित छन् । तर, जनप्रतिनिधि भने आफुलाई सुधार गर्ने कुरामा रत्तिभर पनि सहमत छैनन् । जनप्रतिनिधिको यही जवर्जस्तीको फाईदा स्थानीय तहमा कर्मचारीले उठाउन थालेका छन् । यसले पालिकामा विक्रिती वढेको वढै छ।

हुँदा हुँदा अव त स्थानीय तहका कर्मचारी समेतले पालिकाभन्दा वाहिर ब्यक्तिगत रुपमा प्रयोग गरेका सामग्रीको भुक्तानी पनि स्थानीय तहबाट गर्न थालेका छन् । सुनसरीको इनरुवा नगरपालिकामा कार्यरत केही कर्मचारीले कार्यालय बाहिर खाएको खाजा, पानी, खैनी, गुट्खा पानलगायतका वस्तुको रकम नगरपालिकाबाट भुक्तानी लिने गरेको फेला परेको छ ।

नगरपालिकामा स्थायी दरवन्दीमा कार्यरत कर्मचारीले एक वर्षभन्दा लामो समयदेखि व्यक्तिगत रुपमा खाएको रकमको उधारो नतिरी बिल नगरपालिकामा पठाउन लगाएका छन् । व्यवयासी सुशिलादेवी साहले कर्मचारीलाई पटक–पटक उधारो रकम तिर्न ताकेता गर्दा नदिएको र कार्यालयमा निवेदनसहित बिल पेश गर्न लगाएको वताईन।

सुशिलादेवीले ०७९ असार १२ गते इनरुवा नगरपालिका कार्यालयमा ५३ हजार ३ सय ४५ रुपैयाँ भुक्तानीको दावीसहित निवेदन दिएकी थिइन । उक्त निवेदनमा सम्बन्धित फाँटका कर्मचारीले लेखा फाँटमा सिफारिस गरेका छन् । फाँटवालाले १९ हजार १ सय ६५ रुपैयाँको बिल भुक्तानी गर्न निवेदनमा हस्ताक्षर गरेका छन् ।

यसैगरी, ०७८ फागुन २५ गते पेश गरेको अर्को निवेदनमा ३४ हजार १ सय ८० रुपैयाँकोे बिल समावेस गरिएको छ। जसमा फाँटवालाले सोहीबमोजिमको व्यहोरा उल्लेख गरि लेखा फाँटलाई भुक्तानीका लागि सिफारिस गरेका छन् । जसमा कार्यालय प्रमुखलेसमेत आर्थिक प्रशासन फाँटलाई तोक आदेश दिएको पाईएको छ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले पनि कार्यालयका कर्मचारीले कार्यालय प्रयोजनसँग सम्बन्धित भन्दा बाहिरको पसलमा व्यक्तिगत रुपमा आएको चिया, नास्ता, खैनी, गुट्खा पानलगायतका वस्तुको रकम नगरपालिकाबाट लिनका लागि बिल पेश गर्ने गरेको आफुले फेला पारेको बताए ।

उनले कर्मचारीले व्यक्तिगत रुपमा अनावश्यक फजुल खर्च गरी विभिन्न बहानामा नगरपालिका कार्यालयमा फर्जी बिल पेश गरेर रकम भुक्तानी लिने गरेको पाइएको वताए । आफुले त्यसलाई रोक्न निर्देशन समेत दिएको उनको भनाई छ। ‘यो त उदाहरण मात्रै हो, योभन्दा धेरै रकमका फर्जी बिल बनाएर कार्यालयबाट भुक्तानी लिने गरेको जानकारी आएको छ’ मेयर भण्डारीले भने–‘केही फाईल अध्ययन गर्दा धेरै विकृती देखिएको छ। त्यसलाई रोक्न म प्रतिबद्ध छु ।’
 

इनरुवा नगरपालिका

विशेष