News

तनहुँको दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

तनहुँको दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

भारतीय अनुदान सहयोगमा तनहुँको घिरिङ गाँउपालिकामा निर्मित दिपक माध्यमिक विद्यालयको भवन आईतवार उद्घाटन गरिएको छ। भारतीय दुतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत नेरु २ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा भवन निर्माण भएको हो। यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको  ‘इण्डिया एट आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजना मध्ये यो पनि एक हो । 

सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यो विद्यालयलाई सन् २००० मा माध्यमिक विद्यालयमा स्तरोन्नती गरिएको हो। यो विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा परियोजना छन् । 
 

विशेष