News राजनीति

जनार्दन प्रकरण ‘नैतिकता र कर्मशीलताको माओवादी मोडल’ भन्दै प्रशंसा

जनार्दन प्रकरण ‘नैतिकता र कर्मशीलताको माओवादी मोडल’ भन्दै प्रशंसा

ब्यापारीका खेताला प्रयोग गरी बजेट वनाएको आरोपमा मन्त्री पद गुमाएका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुनुलाई नेकपा माओवादी केन्द्रका नेताहरुले ‘नैतिकता र कर्मशीलताको माओवादी मोडल’ भन्दै प्रशंसा गर्न थालेका छन् ।

अनाधिकृत ब्यक्ति अर्थमन्त्रालयमा छिरेर करका दर हेरफेर गरेको आरोपका विषयमा गठित संसदीय छानविन ससितिले छानविनपछि शर्मालाई क्लिन चिट दिएपछि आईतवार उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । सत्ता पक्षले आफना वहुमत सदस्य राखेर गठित समितिले पर्याप्त छानविन नगरेको र उनलाई चोख्याउन वहुमतकै आधारमा प्रतिवेदन दिएको आरोप लागिरहेका वेला शर्मा पुनः मन्त्री नियुक्त भएका हुन।

समितिले जनार्दनलाई सफाई दिएपनि उनीमाथि नागरिक स्तरमा उठेको प्रश्न यथावत छ। संसदीय समितिले सीसीटीभी फुटेज नभेटाएको भरमा स्वतः सफाइ दिनु अनुचित हो भन्ने आवाज उठिरहेकै छन् । यीनै आवाज र आलोचनाका विचमा शर्माले फेरि मन्त्री वन्नु आम नागरिकको चेतनाकै उपहास भएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

तर माओवादी केन्द्रका नेता युवराज चौलागाइले भने जनार्दनको पुनरागमलाई ‘नैतिकता र कर्मशीलताको माओवादी मोडल पेश गरेकोमा बधाई’ दिएका छन् । ‘एउटा असल राजनीतिज्ञ आरोप र प्रश्नहरुसंग डराउंदैन, बरु त्यसको सामना गर्छ र नयाँ उदाहरण पेश गर्दै जोशका साथ काममा फर्कन्छ’ उनले फेसवुकमा लेखेका छन्–‘पुनः मन्त्री भएकोमा मात्र होइन, नैतिकता र कर्मशीलताको माओवादी मोडल पेश गरेकोमा बधाई छ कमरेड ।’

उनकै स्ट्याटसमा नारायण प्रसाद पौडेल नामका फेसवुक प्रयोगकर्ताले भने जनार्दन प्रकरणको माओवादी मोडललाई अलकायदासँग तुलना गर्दै आलोचना गरेका छन् । ‘अमेरीकाको टुईन टावरमा ४ वटा हवाई जहाजलाई बमको रूपमा प्रयोग गरेर ठुलो जनधनको नोक्सान पुर्याईसकेपछी अलकायदाको मुख्यालय र मुखियाले समेत तिनका सबै कर्ताधर्ताको बिचमा खुसी मनाउँदै भनेका थिए,–हामी अमेरीकी साम्राज्यबाद र त्यसका पाल्तु कुत्ताहरूलाई ठुलो धक्का दियौं र अब उ कमजोर बनेको छ, हामी सित झुकेर वार्ता गर्ने छ। बिचराहरूको हबिगत देखिरहेका छौ।’ पौडेलले लेखेका छन्–‘ऊ जस्तै, जनता सित बाचाकबुल गरेर, आतंक मच्चायर सत्ताको कुर्सीमा पुगेको आजको माके र त्यसका कर्ताधर्ताले संगठनात्मक रूपले के, कस्ता, किन यस्ता कुकार्यहरू गरिरहेछन–जनताले हेरीरहेछन्, देखिरहेछन्। छिट्टै एकदिन जनताको हातबाट अलकायदा जस्तै हुनेछौ अहिलेलाई जनताको आँखामा धुलो छर्केर चोख्खियकोमा बधाई छ।’

नेता चौलागाईले उनको जवाफ फर्काउँदै माओवादी जनताको मन जितेर र माओवादी युद्ध लडेर आएको तथा आजको सारा परिवर्तनको नेतृत्व गरेर आएको वताउँदै माओवादीलाई ध्वंशात्मक शक्तिसँग तुलना नगर्न भनेका छन् । ‘माओवादी जनताकै मन जितेर अरु दल जस्तै चुनाब जितेरै आएको हो । थप– माओवादी युद्ध लडेर आएको हो, आजको सारा परिवर्तनको नेतृत्व गरेर आएको हो र त्यसमा गर्व गर्दै राजनीति गरिरहेको हो’ उनले थपेका छन्–‘माओवादीलाई अन्य ध्वंसात्मक शक्तिहरुसंग तुलना गर्ने तपाई जस्ता व्यक्ति वा शक्तिसंग प्रतिस्पर्धा गर्न माओवादी हमेशा तयार छ । अनि यो पनि याद गर्नु, दुई दशक पुराना यस्ता वाहियत डाइलगबाजी गरेर आजको राजनीति चल्दैन, गुरु को हो? ऊ सँग नयाँ डाइलग सिक्नु !’

यो पनि,

जनार्दन शर्मा संसदीय समिति

विशेष